आइतबार, आश्विन १८ गते २०८३

बरिष्ठ साहित्यकार तथा पत्रकार बिजय चालिसेको देहाबसान


जेठ १७, २०८२ शनिबार
बरिष्ठ साहित्यकार तथा पत्रकार बिजय चालिसेको देहाबसान

काठमाडौं। क्यान्सर रोगबाट आक्रान्त वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसेको हिजो ७४ वर्षको उमेरमा देहाबसान  भएको छ ।

उहाँको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा हिजो बिहान मृत्यु भएको हो । उनको गोकर्णेश्वर घाटमा आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

निधन हुनु भएका चालिसेका दुई छोरा र एक छोरी छन् । गोरखापत्र संस्थानको अध्यक्ष र गोरखापत्र दैनिकको प्रधानसम्पादकको जिम्मेवारी समेत सम्हालिसक्नु भएका चालिसे  प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष पनि रहनु भएको ।

बरिष्ठ साहित्यकार चालिसेका कथा, उपन्यास, नियात्रा, पत्रकारिता, बालसाहित्यका ५० पुस्तकहरु  प्रकाशित भएका छन् । उहाकाे जन्म २००८ साल असार २२ गते भएकाे थियाे ।