भूगर्भ सम्बन्धी खोज तथा अनुसन्धानकर्ता जानिफकारहरू भन्दछन् हिमालय लगातार बढिरहेको छ। तर विश्वको सबैभन्दा उच्चो सगरमाथाको उच्चाई बढ्ने दर अरू बाँकी टाकुराभन्दा बढी छ । यस्तो किन भइरहेके छ बैज्ञानिकहरूले यो प्रश्नको उत्तर खोजेका छन् ।
सबैलाई थाहा छ सगरमाथा पृथ्वीको सबैभन्दा उच्च पर्बत टाकुरा हो । समुद्र सतहदेखि झण्डै ८.८५ किलोकिलो मिटरको उच्चाईमा रहेको यो पर्बत अहिले लगातार बढिरहेको छ सगरमाथका अध्येता र खोजकर्ताहरु बताउँदछन् । यो बढ्नुको कारण हिमालय पर्बतमालको संरचना नै हो भन्ने अध्ययनले देखाएको छ । यस पर्बत श्रृंखलाको उत्पत्ति लगभग ५० करोड बर्ष पहिला त्यतिबेला भएको मानिन्छ जतिबेला भारतीय उपमहाद्विप र यूरेशिया परस्पर ठोक्किएका थिए । त्यसपछिदेखि नै यो पर्बतको उच्चाई लगातार बढ्दै आइरहेको बताइन्छ । तर यस कारणले सगरमाथा जति बढ्नु पर्ने हो त्योभन्दा बढि अहिले बढिरहेको छ ।
त्यसैले यस्ताे किन भइरहेको छ ? अरु हिमालय पर्बत चुचुराभन्दा सगरमाथा बढी तीब्र गतिले बढिरहेको छ यो बैज्ञानिक र बिज्ञानका लागि एउटा पहेली बन्दै आएको छ । तर अब यसको कारण खोजकर्ताहरुले बुझ्न थालेका छन् । पछिल्लो ताजा अध्ययन अनुसार सगरमाथाको उच्चाई बाँकी चुचुराहरुभन्दा तीब्र बढ्नुका पछाडि दुइ ठूला नदी प्रणालीहरुको मिलनसँग जोडिएको छ ।
शोधकर्ताहरुले लगाएकाे अनुमान अनुसार नदी प्रणालीमा परिवर्तनका कारण सगरमाथाले झण्डैझण्डै १५ देखि ५० मिटर अर्थात ४९ देखि १६४ फुटको थप उच्चाई पाएको छ । आजभन्दा झण्डै झण्डै ८९००० बर्ष जति पहिला कोशी नदी र अरुण नदी परस्पर मिल्न पुगेका थिए । जसको कारण यो उच्चाईको परिबर्तन भएको थियो । यसको अर्थ के हो भने सगरमाथाको उच्चाईमा बर्षैपिच्छे ०.२ देखि ०.५ मिलिमिटरको बृद्धि हुँदै आइरहेको छ ।

अरुण र कोशी नदीको मिलन
यो जुन भूगर्भीय प्रकृया चलिरहेको छ त्यसलाई खोजकर्ताहरुले ‘आइसोस्टेटिक रिबाउण्ड’ भन्दछन् । यसमा पृथ्बीको पातलो तहभन्दा भन्दा माथिको भूमिको हिस्सा माथि उठ्दछ जब सतहको भार कम हुने गर्दछ । पृथ्बीको यो तह गर्म र अर्ध–तरल चट्टानको बाहिरी पत्र तैरिने गर्दछ जसलाई मेण्टल भनिन्छ ।
शोधकर्ताका अनुसार अरुण र कोशी नदीको मिलन मैत्रीपूर्ण किसिमको थिएन । त्यस स्थितिमा कोशीले अरुणलाई आफ्नो अधिनमा लियो । नदीहरुले समय गुज्रदै जाँदा आफ्नो मार्ग बदले । त्यसो गर्दा तीब्रतापूर्वक कटान भयो र ठूलो मात्रामा चट्टानहरु र माटो हट्न गयो । अनि सगरमाथा नजिकको क्षेत्रको भार कम हुन गयो ।
चीनको बेइजिङ्ग स्थित चाइना यूनिभर्सिटी अफ जियोसाइन्सेजका भूगर्भ बैज्ञानिक जिन–जेन दाईले भनेका छन् –‘आइसोस्टेटिक रिबाउण्ड (जसलाई पोस्ट ग्लासियल रिबाउण्ड पनि भन्दछन) एउटा तैरिँदो वस्तुको स्थान बद्लिँदोरुपमा देख्न सकिन्छ जब त्यसमाथिको भारलाई हटाइन्छ’ । भूगर्भशास्त्री दाईले के पनि भनेका छन् भने ‘जब पृथ्वीको त्यो पातलाे सतहबाट भारी भार जस्तो हिउँ या काटिएको चट्टान हटाइन्छ त्यसपछि त्यस मुनिको भूमि बिस्तारै बिस्तारै माथि उठ्न थाल्दछ, जस्तो कि पानीमा एउटा डुंगा त्यसबेला माथि उठ्छ जब त्यसबाट सामान उतारिन्छ’ ।
यो क्षेत्रमा नदी प्रणालीको मूख्य घाट सगरमाथाभन्दा लगभग ४५ किलोमिटर पूर्बमा रहेको छ । बैज्ञानिकहरुले संख्यात्मक मोडेल प्रबिधि उपयोग गरेर नदी प्रणालीको बिकासको अनुमान लगाउदा के भेट्टाए भने ‘आइस्टेटिक रिबाउण्ड’ सगरमाथाको वार्षिक उच्चाईमा भइरहेको बृद्धिको झण्डै १० प्रतिशतका लागि जिम्मेवार रहेको छ ।
बाँकी संसारमा पनि यस्तै हुन्छ
यो भूगर्भीय प्रकृया केवल हिमालय क्षेत्रमा मात्र सीमित रहेको हुँदैन । चिनीया भूगर्भविद् दाई भन्छन् ‘स्केण्डिनेभिया यसको एउटा उपयुक्त र राम्रो उदाहरण हो । त्यहाँको जमिन अहिले पनि भारी हिँउ हटेपछि माथि उठिरहेको छ, जुन पहिला हिम युगको बेला जमेको थियो । यो प्रकृया आज पनि जारी रहेको छ र त्यसले तटीय रेखा र परिदृष्यलाई प्रभावित गरिराखेको छ’ ।
यस अध्ययनका अर्का सह–लेखक तथा यूनिभर्सिटी कलेज लण्डनका पृथ्वी बिज्ञानमा डक्टरेटका विद्यार्थी स्मिथ जीपीएसको मदतले अनुमान लगाउँदा सगरमाथा तथा हिमालयका अन्य भागहरु पनि बढ्दै गइरहेका थाहा हुने उल्लेख गर्छन् । यो वृद्धि सतहमा हुने कटानभन्दा बढी छ, जस्तो हावा, बर्षा र नदीको प्रवाहबाट हुने गरेको कटान । जति जति यो कटान जारी रहन्छ हिमालयको उच्चाई बढ्ने दर ‘आइसोस्टेटिक रिबाउण्ड’भन्दा पनि बढ्न सक्छ ।
सगरमाथको सटीक नक्शा
सगरमाथाको निकट छिमेकी पर्वत जस्तै ल्होत्से जुन विश्वको चौथो सबैभन्दा अग्लो पर्वत हो, र मकालु जो पाँचौं सबैभन्दा उच्च पर्वत हो, ती पनि यसै प्रकृयाबाट माथि उठिरहेका छन् । ल्होत्सेको बृद्धि दर सगरमाथाकै समान छ भने मकालु जुन अरुण नदीको नजिक छ यसको बृद्धि दर सगरमाथाको भन्दा केही बढी छ ।

अध्येता दाईले भनेका छन् ‘यस शोधले हाम्रो ग्रहको गतिशील प्रकृतिलाई उजागर गर्दछ । सगरमाथा जस्तो स्थिर देखिने गरेको पहाड पनि निरन्तर भौगर्भीय प्रकृयाहरुबाट प्रभावित हुने गर्दछ, जसले हामीलाई स्मरण गराउँदछ कि पृथ्वी लगातार बद्लिइरहेको छ, भलै यो हाम्रो दैनिक जीवनमा नदेखियोस्’। पृथ्वीको बाहिरी कडा पत्रलाई बिशाल प्लेटमा बिभाजित गरिएको छ, जुन बिस्तारै बिस्तारै टेक्टोनिक प्लेट प्रकृया अन्तरगत हल्लिदै रहन्छ र यसै प्रकृयाम हिमालयको निर्माण हुन्छ ।
सबका लागि भिन्ना भिन्नै छ सगरमाथा
अँग्रेजीमा माउण्ट एभरेस्ट भनिने हिमालयलाई नेपालीमा सगरमाथा र चिनीया भाषामा चोमोलोङमा भनिन्छ । यो नेपाल र चीनको स्वायत प्रदेश तिब्बतको बीचमा रहेको छ। यसको नाम १९औं शताब्दीमा बृटिश सर्वेक्षक जर्ज एभरेस्टको नाममा राखिएको थियो ।
२९ मे १९५३ का दिन एडमण्ड हिलारी र तेञ्जिङ्ग नोर्गेले पहिलो पटक यो सगरमाथाको चुचुरोमा चढेपछि यस चुुचुराको भारतीय अनुसन्धाताहरूले पनि सर्बेक्षण गरे र त्यसको उच्चाई ८८४८ मिटर नापेका थिए । त्यसबेलादेखि त्यसै उच्चाईलाई यसको मानक मानिदै आएको थियो । तर त्यसपछि पनि जति जति बेला त्यो चुचुराको उच्चाई नापियो त्यति त्यति बेला अलग अलग नतिजा देखापरेका छन् ।
चीनले सगरमाथा या चोमोलोङमाको उच्चाई ८,८४.४३ मिटर मान्दथ्यो भने नेपाल र बिश्वका बाँकी देशले त्यो चुचुराको उच्चाई ८,८४८ मिटर मान्दथे । पाँच बर्ष अघि सन् २०२० मा नेपाल र चीन मिलेर त्यस चुचुराको उच्चाई नापे पछि यसको उच्चाई ८,८४८.८६ मिटर मानिएको थियो ।
चिनीया भूगर्भशास्त्री दाईले भनेका छन् —‘मानव चेतनामा सगरमाथाको एउटा विशेष स्थान छ । भौतिकरुपले यो पृथ्वीको सबैभन्दा उच्च बिन्दू हो, जसले यसलाई आफ्नो आकारको कारण महत्वपूर्ण बनाउँदछ, साँकृतिकरुपले यो स्थानीय शेर्पा र तिब्बती समुदायका लागि पवित्र छ, बिश्वब्यापीरुपमा भने सबैभन्दा ठूलो चूनौतिको प्रतीक हो, जसले मानिसको सहन शक्ति र सीमाहरुभन्दा माथि जाने प्रवृत्तिलाई दर्शाउँदछ । यी विशेष कुराहरुले यसको स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेषतालाई जनाउँछन् । त्यसैले सगरमाथा क्षेत्रको महत्वलाई जोगाउन र यसलाई कायम राख्न आवश्यक छ भन्ने महत्वपूर्ण कुराको पनि बोध हुन्छ ।