आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालद्वारा माेदी सरकारले गरेकाे फासीबादी हत्याको बिरोध


जेठ १५, २०८२ बिहीबार
राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालद्वारा माेदी सरकारले गरेकाे फासीबादी हत्याको बिरोध

काठमाण्डौ ।राष्ट्रिय क्रान्तिकारी माेर्चा, नेपालले  भारतको छत्तिसगढमा फाशिष्ट मोदी सत्ताले भारतीय कम्युनिष्ट पार्टी(माओबादी)का महासचिव नम्बाला केशबराव(क.बसबराजु) लगायत २८ जनाको ज्यान जाने गरी पक्राउ गरेर यातना दिइ गएको २१ मईका दिन नृशंश हत्या गरेको अमानबीय हर्कतका बिरुद्ध काठमाण्डौ मण्डलामा हिजो अपरान्ह  एक बिशेषा बिरोध कार्यक्रमको आयोजना गर्यो । 
त्यस बिरोध कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मोर्चाका संयोजक तथा नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष लोकनारायण सुबेदीले बिरोध कार्यक्रमको सभाध्यक्षको आसनबाट भन्नु भयो — नयाँ जनबादी क्रान्ति गरेर किसानलाई सामन्तबादबाट मुक्त नगरी समाजबादमा संक्रमण गर्न नसकिने महत्वपूर्ण नीतिकासाथ संघर्षरत भारतीय कम्युनिष्ट  पार्टी(माओबादी)का महासचिव नम्बाला केशवराव र उनका २७ जना योद्धाहरुलाई बार्ताको बारम्बारको आह्वानको बेवास्ता गर्दै भारतको फाशिष्ट मोदी सत्ताद्वारा जुन क्रूर हत्या गरियो त्यो फाशिष्ट हत्याको जति निन्दा र भर्त्सना गरे पनि कमै हुन्छ  । 
बिश्वमा क्रान्तिकारी कम्युनिष्ट नेता तथा लेनिनका सहयोद्धा जोसेफ स्टालिनको नेतृत्वमा  दोश्रो बिश्व युद्धको बेला नाजी जर्मनी र फाशिष्ट इटलीलाई नराम्रोसँग पराजित गरेर फाँसीबादमाथि बिजय प्राप्त गरी  समाजबादको झण्डालाई अझमाथि उठाएको कुरा उल्लेख गर्नु हुँदै भारत लगायत बिश्वमा जहा पनि जनतामा आधारित प्रगतिशील क्रान्तिकारी आन्दोलनले फासीबादमाथि पुनः बिजय पाउने बिश्वास उहाँले ब्यक्त  गर्नुभयाे । 
उहाले प्रतिकृयाबादी फाशिष्ट शक्तिहरुबाट कम्युनिष्ट आन्दोलनलाई जोगाएर सही दिशामा अघि बढाउन आजको बद्लिएको बिश्व परिस्थितिमा नयाँ र उपयोगी आन्दोलनको स्वरुप अलम्बन गरिनु पर्ने आवश्यकता औंल्याउँदै  हत्या गरिएका क. नम्बाला केशवराव लगायत सबै कमरेडहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्नुभयो । 

Pari.jpg
 त्यस बिरोध कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिट ब्यूरो सदस्य तथा बिदेश बिभाग प्रमुख क. परी थापाले भारतको फाशिष्ट मोदी सरकारले भाकपा(माओबादी)का महासचिव क. बसबराजु लागायत २७ जनाको नृशंश हत्या गरिनु घोरनिन्दनीय र भर्त्सनायाेग्य घटना हो भन्नु भयो । उहाँले यसले कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको औंल्याउनु हुँदै यसलाई क्षतिपूर्ति गर्न शोकलाई शक्तिमा बदल्ने पुरानो मान्यतालाई छोडेर उत्साह र ऊर्जामा बदल्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
 भारत सरकारले मच्चाएको त्यो हत्या काण्डबारे औंल्याउँदै उहाले थप भन्नु भयो – भारतीय कम्युनिष्ट पार्टी(माओबादी) दन्तेबाडा एरिया कमिटीको बिज्ञप्ति अनुसार नम्बाला केशवरावलाई मुठभेडमा मारिएको थिएन पक्राउ गरेर हत्या गरिएको थियो । पेरुको यस्तै कम्युनिष्ट आन्दोलनमा साइनिङ्गपाथका नेता गोञ्जालोलाई पनि पक्राउ गरिएको थियो तर उहाँको हत्या नगरी लामो समयसम्म अर्थात आजीवन जेलमा राखिएको उदाहरण उहाले दिनु भएको थियो । उहाले भारतबाट माओवादीलाई २०२६ सम्ममा समाप्त पार्ने मोदी सरकारको घोषणाले पनि उनीहरुले थप फासीबादी हत्याको श्रृंखला मच्चाउने षडयन्त्र गरिरहेको औंल्याउनु हुँदै हत्या गरेर समस्या समाधान नहुने प्रष्ट पार्नु भयो । उहाले आज राष्ट्रिय अन्तर्राष्ट्रिय बदलिदो परिस्थितिमा कम्युनिष्ट आन्दोलनको स्वरुप बद्लिनु पर्ने आवश्यकता औंल्याउनु हुँदै हिजो जमिनबाट जनिमनमा युद्ध हुन्थ्यो, आज आकाशबाट आकाशमा युद्ध हुन्छ । भर्खरैको भारतको आक्रमण र पाकिस्तानको प्रत्याक्रमणको बेला हामीले यो देख्यौ भन्नु भयो ।  अन्त्यमा उहाँले राज्य भनेको बर्गीय दमनको अस्त्र भन्ने मार्क्सबादी दृष्टिकोणको उल्लेख गर्दै बर्ग संघर्षको बलमा नै नयाँ जनबाद र बैज्ञानिक समाजबाद प्राप्त हुन्छ भन्नुहुँदै तर नेपालका कतिपय दलहरुले शान्तिपूर्ण किसिमले बैज्ञानिक समाजबाद आउदछ भन्ने भ्रम फैलाइरहेको कुरा पनि बताउनु भयाे र प्रष्ट पार्नु भयाे कि यो दुनियालाई हसाउने र प्रतिकृयाबादी शक्तिले पनि नपत्याउने कुरा हो भन्नु भएको थियो ।

rao3.jpg
कार्यक्रममा नेकपा(मार्क्सबादी पुष्पलाल)का बरिष्ठ नेता क. अच्यूतराज ज्ञवालीले कम्युनिष्ट आन्दोलनमा भएको घुसपेठले यो आन्दोलन कमजोर भएको बताउनु हुँदै सही नीतिको आधारमा कम्युनिष्ट आन्दोलनलाई सही दिशा र गति दिन नसक्ने हो भने प्रतिकृयाबादी शक्तिकै हालीमुहाली चल्ने कुरा औल्याउनु भयो र हत्या गरिएको भारतीय माओबादी नेता तथा योद्धाहरुलाई श्रद्धासुमन ब्यक्त गर्नु भयो  

Narayan.jpg
अखिल नेपाल कम्युनिष्ट पार्टीका संयोजक क. नारायण शर्माले भारतको फाशिष्ट मोदी सरकारद्वारा भारतीय माओबादी कम्युनिष्ट नेता नम्बाला केवशराव(बसबराजु) समेत २७ जना योद्धाहरुको जुन नृशंश हत्या गरिएको छ त्यसले प्रतिकृयाबादीहरु कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न सधै यस्तै गतिबिधि गर्दै आएका छन् । तर अन्ततः कम्युनिष्ट आन्दोलनले सही बाटो पक्रिएर बिजय प्राप्त गर्दै आएको इतिहास रहेको छ भन्ने औल्याउनु हुँदै सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरु सही नीतिको वरिपरी गोलबन्द हुनु पर्ने कुरामा जोड दिनु भयो र हत्या गरिएका क. बसबराजु तथा उनका २७ सहयोद्धाहरुमा हार्दिक श्रद्धा सुमन ब्यक्त गर्नु भयो । 

tsp2.jpg
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकी पोलिट ब्यूरो सदस्य क. शारदा महतले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रतिरोध आन्दोलनका नेता क. शैलज पौडेले नाराको नेतृत्व गर्नु भएको थियो । कार्यक्रमको शुरुवात र अन्त्यमा फाशिष्ट मोदी सरकार मूर्दाबाद, छत्तिसगढ हत्याकण्डको निष्पक्ष छानबिन गर, क. केशवराव जिन्दाबाद, राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल जिन्दबाद, कम्युनिष्ट अन्तराष्ट्रबाद जिन्दाबाद आदि नारा लगाइएको थियो । कार्यक्रमको आरम्भमा शहीदहरुप्रति १ मिनेट मौनधारण गरेर सम्मान प्रकट गरिएको थियो ।

Keshavrao.jpg