आइतबार, आश्विन १८ गते २०८३

महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवमा महिला उद्यमी सम्मानित


जेठ ११, २०८२ आइतबार
महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवमा महिला उद्यमी सम्मानित

महालक्ष्मी विकास बैंकले आफ्नो ३१औं वार्षिकोत्सवको अवसरमा देशभरका ३१ जना महिला उद्यमीलाई विभिन्न शाखा कार्यालयमार्फत सम्मान गरेको छ। बैंकले आर्थिक समावेशिता, उद्यमशीलता प्रवर्द्धन र लैंगिक समानतामा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।

वार्षिकोत्सवको सन्दर्भमा बैंकले जेष्ठ ६ गते १० शाखा र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको थियो, जसबाट ३२० पिन्ट रगत संकलन भएको छ।

यसैबीच, जेष्ठ ७ गते बैंकका कर्मचारीहरू स्थानीय भेषभूषामा सजिएर कार्यालय पुगेका थिए भने केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य तथा आँखा शिविर र विभिन्न शाखाले वित्तीय साक्षरतासहित प्रभातफेरी कार्यक्रमसमेत सम्पन्न भयो। 

त्यसैगरी, बैंकले जेठ २१–२४ सम्म २४ टिमको सहभागितामा “महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५” आयोजना गर्ने तयारी गरेको छ।