राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ मा २९७ औं शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा कारोबार सुरु गरेको छ। शाखाको उद्घाटन धनुषाधाम नगरपालिकाका नगरप्रमुख वालेश्वर मण्डल र बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाले शनिबार संयुक्त रुपमा गरेका हुन्।
उद्घाटन कार्यक्रममा नगरप्रमुख मण्डलले कृषि र पर्यटनमा लगानी बढाउन बैंकलाई सुझाव दिएका थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले वित्तीय पहुँच विस्तार गर्न ७७ वटै जिल्लामा बैंकका शाखा विस्तार भइरहेको जानकारी दिए।
कार्यक्रममा बैंकका सञ्चालक अध्यक्ष ढुङ्गानाको अध्यक्षतामा धनुषाधाम नगर उपप्रमुख, वडाध्यक्ष, बैंकका उच्च अधिकारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, समाजसेवी र सर्वसाधारणको सहभागिता रहेको थियो। हाल बैंकका देशभर २९७ शाखा, ३१२ एटिएम र ९९ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा छन्।
नेपालपत्र संवाददाता