'चीनले सुधार तथा खुलापनको बाटोमा अडिग भएर हिँड्दै विश्वको विकासमा योगदानकर्ताको रूपमा काम गर्दै जाने छ। साथै विश्वले आर्थिक सामाजिक विकासको प्रवर्द्धनबाट संयुक्त रूपमा जनताको हित-कल्याणको सिर्जना गर्नुपर्ने प्रस्ताव पनि चीनले प्रस्तुत गरेको छ'। उक्त कुरा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर २५ तारिखका दिन संयुक्त राष्ट्र संघमा जनगणतन्त्र चीनको बैधानिक स्थान पुनः प्राप्ति भएको ५० औं वार्षिकोत्सवकाे स्मृति समारोहमा सम्बोधन गर्दा भनेका हुन्।
उनले थप भनेका छन् - बितेका ५० वर्षमा चीनको शान्तिपूर्ण विकास भइरहेको र मानवजातिको हित-कल्या ण सिर्जनामा चीनले ठूलो योगदान दिएको समय हो। चीनको अर्थतन्त्र धेरै वर्षदेखि निरन्तर द्रूत गतिले बृद्धि भइरहेको छ। चीनमा गहन सुधार तथा विस्तारित खुलापन भइरहेकोले यसले विश्वको आर्थिक विकासको लागि अवसर तथा जीवन्त शक्ति निरन्तर रूपमा थपिराखेको छ।
चीनमा सम्पन्न समाजको पूर्ण निर्माण भई अति गरिबी हटाइसकेको छ र विश्वमा दीगो विकासको कार्यान्वयनको लागि ठूलो योगदान दिएको छ।
चीनले प्रस्तुत गरेकाे बेल्ट एण्ड रोड अवधारणाबाट विश्वव्यापी विकासमा प्रशस्त सम्भावना देखिएका छन् र सम्बद्ध मुलुक तथा क्षेत्रको आर्थिक सामाजिक विकास एवम् जनजीवनको सुधारलाई प्रभावकारी रूपमा सबल पारिएको छ। केही समयअघि चीनले प्रस्तुत गरेको विश्व विकास प्रस्तावबाट विश्व विकास संयुक्त समुदायको निर्माणमा नयाँ जीवन्त शक्ति थपिएको छ।
चीनले जनतालाई प्राथमिकतामा राख्छ। यस पटक राष्ट्राध्यक्ष सीले जनताको लागि, जनतामा निर्भर र राम्रो पर्यावरणीय वातावरण दीगो विकासको लागि बन्द नहुने श्रोत बनाउने भन्ने विचारहरूबाट विश्वको साझा विकासको लागि थप शक्ति देखाइएको छ।
संयुक्त राष्ट्र संघको संस्थापक चीनले संयुक्त राष्ट्र संघ बडापत्रको पालना गर्दै वास्तविक बहुपक्षबादको कार्यान्वयन गरिरहेको छ र दक्षिण-दक्षिण सहयोगलाई सक्रियताका साथ अघि बढाइरहेको छ जसबाट अन्तर्राष्ट्रिय मामिलामा विकासोन्मुख मुलुकको बोल्ने अधिकार तथा प्रतिनिधित्वलाई बढाएको छ।
तथ्यबाट प्रमाणित गरिँदै छः चीनको विकास सँधै नै विश्वको लागि अबसर हो।
साभार. चाइना रेडियाे इण्टरनेशनल