रष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७५/०७६ मा केन्द्रका लागि भएको सूचना प्रविधि उपकरण खरिद प्रक्रियामा अनियमितता गरी राज्यलाई हानि पुर्याएको अभियोगमा सोमबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो । मुद्दामा तत्कालीन सहायक निर्देशक रमेश पौडेलसहित अन्य तीन जना समेत प्रतिवादी छन् ।
अख्तियारका अनुसार एनआईटीसी शीर्षकअन्तर्गतको खरिदमा कुल लागत अनुमान २६ करोड २९ लाख कायम गरिएको थियो ।
नेपालपत्र संवाददाता