शनिबार, आश्विन १७ गते २०८३

नक्साल भाटभेटनीमा हस्तकला कोसेली मेला शुरु

कार्तिक ९, २०७८ मंगलबार
नक्साल भाटभेटनीमा हस्तकला कोसेली मेला शुरु


काठमाडा ।नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा हिजो सोमबारदेखि हस्तकला कोसेली मेला शुरु भएको छ । यो मेलाको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य र  भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ्गकी धर्मपत्नी सावित्री गुरुङ्गले सयुक्तरुपमा गरेका थिए ।

bajagaja.jpg
 महासंघले हस्तकलाको आन्तरिक बजार प्रवद्र्धन गर्न हस्तकला कोशेली मेला आयोजना गरेको बताइएको छ । हस्तकला बर्षको कार्यक्रम र उद्योग परिषदअन्तर्गतको हस्तकला कोसेली मेला समितिले नक्साल भाटभटेनीपछि नयाँ ठिमी र कृष्णगल्ली भाटभटेनी सुपर मार्केट परिसरमा मेला आयोजना गर्ने मेला संयोजक संयोजक बिक्रम सिंह महर्जनले जानकारी पनि दिएका छन् ।  संयोजक महर्जनका अनुसार यो मेला नक्सालमा १० गतेसम्म संचालन हुनेछ भने ठिमीमा ११ देखि १३ गतेसम्म र कृष्ण गल्लीमा १४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ । 

FAN.jpg
हस्तकला मेलामा छालाजन्य सामाग्री, पश्मिना, ऊन, नेपाली कागज, सिसाकला, टाँक, सेरामिक, कपडालगायतका स्टल रहेका छन् । मेलाको वैकिङ पार्टनर सानिमा बैंक तथा प्रवद्र्धकमा ग्यालरी टिव्वेट हाउस रहेका छन् ।
 भाटभटेनीसँगको सयुक्त आयोजनामा भएको मेला कोरोनाका कारण खस्किएको हस्तकलाको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली हस्तकला भाटभटेनी सुपरमार्केटले पनि निकट भविष्यमा नै बिक्री बितरण गर्ने भएको छ । सो अवसरमा शाक्य ब्रदर्सहरु —Òनेपाल हस्तकला महासंघ अध्यक्ष सुरेन्द्रभाइ शाक्य र वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्य, प्रवक्ता सनम शाक्य, हस्तकला वर्षका संयोजक रवीन्द्र शाक्य लगायतको उपस्थिति रहेको थियो ।