नबिल बैंकले नयाँ वर्ष २०८१ को अवसरमा सार्वजनिक गरेको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड’ योजनामा ग्राहकको उच्च सहभागिता र सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि योजना असार मसान्तसम्मका लागि थप गरिएको छ।
यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिन प्रवेश शुल्क, वार्षिक शुल्क वा सदस्यता शुल्क कुनै पनि तिर्नु नपर्ने सुविधा छ। ग्राहकले कार्डका लागि घर वा कार्यालयबाटै अनलाइन आवेदन दिन सक्ने र आफूले चाहेको स्थानमा कार्ड डेलिभरी पनि लिन सक्नेछन्।
बैंकका अनुसार, यस योजनाले डिजिटल बैंकिङ प्रवर्द्धन गर्नका साथै ग्राहकलाई बार्षिक शुल्कजस्ता झन्झटबाट मुक्त गर्ने उद्देश्य लिएको छ। कार्ड प्रयोगकर्ताले ‘बाइ नाउ पे लेटर’ सुविधाअन्तर्गत शून्य ब्याजदरमा सामान खरिद गर्न सक्ने छन्, साथै विभिन्न आउटलेटहरूमा विशेष छुट समेत पाउने छन्।
नबिल बैंकका शाखा वा बैंकको वेबसाइटमार्फत अनलाइन आवेदन दिएर ग्राहकले यस सुविधाको लाभ लिन सक्नेछन्। बैंकले यो योजना ग्राहक केन्द्रित सेवा विस्तारको अर्को कदमका रूपमा लिएको बताएको छ।
नेपालपत्र संवाददाता