बुधबार, भाद्र ३ गते २०८३

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२.६३ प्रतिशत लाभांश प्रस्ताव


बैशाख २५, २०८२ बिहीबार
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२.६३ प्रतिशत लाभांश प्रस्ताव

 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको १२ प्रतिशतका दरले ५५ करोड ६८ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशतका दरले २ करोड ९३ लाख १ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी नियामकले तोके बमोजिम ५ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ।