बुधबार, भाद्र ३ गते २०८३

स्मार्ट पे र क्युआर सेवा ल्याउँदै लुम्बिनी विकास बैंक, एससिटीसँग सहकार्य


बैशाख २४, २०८२ बुधबार
स्मार्ट पे र क्युआर सेवा ल्याउँदै लुम्बिनी विकास बैंक, एससिटीसँग सहकार्य

 

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको स्वीकृति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबीच ‘स्मार्ट पे’ र ‘स्मार्ट क्युआर’ सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ।

यस सम्झौता अनुसार अब लुम्बिनी विकास बैंकका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताहरूले एससिटीको स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाइएको रकम तत्काल आफ्ना खातामा प्राप्त गर्न सक्नेछन्। साथै, बैंकमा खाता भएका व्यवसायी तथा व्यापारीहरूले स्मार्ट क्युआर सेवा प्रयोग गरी विभिन्न मोबाइल बैंकिङ्ग एप तथा मोबाइल वालेटहरूबाट डिजिटल भुक्तानी सजिलै स्वीकार गर्न सक्नेछन्।

लुम्बिनी विकास बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्झौतामा एससिटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र लुम्बिनी विकास बैंकका उप–प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका हुन्।

उक्त साझेदारीले डिजिटल भुक्तानीको पहुँच बिस्तार गर्दै वित्तीय समावेशीकरण प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास दुवै संस्थाले व्यक्त गरेका छन्।