ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा आयोजित “ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन” सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बैंकका उच्च पदाधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन संचालन गरेकोमा डेपुटी गभर्नर बम बहादुर मिश्रले आयोजको सराहना गरेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतिहरुको समाधानको लागि सहयोग पुग्नुका साथै नविनतम् सेवाहरुको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
देशभरका विद्यार्थी, स्टार्टअप डेभलपर, डेटा वैज्ञानिक र अनुसन्धानकर्ता लक्षित गरी आयोजित प्रतियोगितामा २१ टोली सहभागी थिए। टिम क्याल्कुलसले प्रथम पुरस्कार रु १ लाख जित्दा डब्लुडिके, लार्के पास, टिम जनकपुर र टिम फ्रडेक्सले क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थान हासिल गरे। त्यसैगरी वेष्ट प्रिजेन्टेसनतर्फ डिजीविट्सले १५ हजार रुपैया पुरस्कार पर्यो ।
प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो—पहिलो चरणमा कोडिङ्ग र दोस्रो चरणमा अनसाइट ह्याकाथन। बैंकले उत्कृष्ट टोलीहरूसँग सहकार्य गर्ने जनाएको छ।
ग्लोबल आइएमई बैंकले देशभर १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ भ्ने रेमिट्यान्समार्फत विश्वभरबाट मुलुकमा रकम भित्र्याउने गरेको छ।
नेपालपत्र संवाददाता