नेपाल राष्ट्र बैंकले बुधाबार बैंकिङ प्रणालीबाट आज ५० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता रहेकाले निक्षेप संकलन उपकरण मार्फत केन्द्रीय बैंकले तरलता खिच्त लागेको हो । २१ दिनका लागि ५० अर्ब रुपियाँ बोलकबोलमार्फत निक्षेप जम्मा गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । उक्त निक्षेपकाे साँवा तथा ब्याज एकमुष्ठ भुक्तानी जेठ ७ गते हुने सूचनामा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न पाउनेछन् ।
नेपालपत्र संवाददाता