बुधबार, भाद्र ३ गते २०८३

आठ महिनामा वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि


बैशाख १७, २०८२ बुधबार
आठ महिनामा  वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि

आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भई रु.१५८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४. प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा कुल वस्तु आयात ११.२ प्रतिशतले वृद्धि भई रु.११४५ अर्ब ५७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.७ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा कुल वस्तु व्यापारघाटा ६.२ प्रतिशतले वृद्धि भई रु.९८७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.५ प्रतिशतले कमी आएको थियो।  आर्थिक वर्ष २०८१/८२ को आठ महिनासम्म चालु खाता रु.१८० अर्ब ८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६७ अर्ब ४५ करोडले बचतमा रहेको थियो। त्यसैगरी, समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३१० अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३२७ अर्ब ५५ करोडले बचतमा रहेको थियो। आर्थिक वर्ष २०८१/८२ को आठ महिनासम्म विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई रु.१०५१ अर्ब ७७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर १०.२ प्रतिशतले वृद्धि भई रु. ११४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १६.४ प्रतिशतले बढेको थियो। द्दड। २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई २०८१ फागुन मसान्तमा रु.२४०९ अर्ब २५ करोड पुगेको छ । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।