आइतबार, आश्विन १८ गते २०८३

एनएमबि बैंकले नेपालमै पहिलोपटक हरित वण्ड जारी गर्ने


बैशाख १६, २०८२ मंगलबार
एनएमबि बैंकले नेपालमै पहिलोपटक हरित वण्ड जारी गर्ने

 

एनएमबि बैंकले नेपालमै पहिलोपटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँमा सूचीकृत हरित वण्ड जारी गर्ने भएको छ। अन्तर्राष्ट्रिय संस्थाहरू आइएफसी, बीआइआइ र मेटलाइफसँगको साझेदारीमा बैंकले यस्तो बण्ड जारी गर्न लागेको हो । 

यस सहकार्यमार्फत् जलवायु सम्बन्धी परियोजनाहरूमा संलग्न उद्यमहरूमा लगानी विस्तार गरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ। साथै, यसले देशको ऊर्जा क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बैंकको विश्वास छ। वण्डबाट संकलित रकम सौर्य ऊर्जा, विद्युतीय सवारीसाधन, हरित भवन तथा बायोमासजस्ता नवीकरणीय ऊर्जा परियोजनाहरूमा प्रयोग गरिने जनाइएको छ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि यो कदम परिवर्तनकारी फड्को हुने विश्वास व्यक्त गरे। साथै, विदेशी पूँजी भित्र्याई जलवायु क्षेत्रमा लगानी बढाउँदा वातावरणीय प्रभाव घटाउन मद्दत पुग्ने उनले उल्लेख गरे।