डाइनामिक टेक्नोसफ्टले आफ्ना सेवाहरूमा १५ प्रतिशत छुट दिने घोषणा गरेको छ। नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनीले स्थापनाको १६औं वर्षमा प्रवेश गरेको अवसरमा छुटको अफर ल्याएको हो ।
सन् २०१० मा वीरगञ्जबाट शुरुभएको यो कम्पनीले अहिले नेपाल, भारत, जापानसहित गरी २२०० भन्दा बढी ग्राहकहरूसँग साझेदारी गर्दै डिजिटल रूपान्तरणका क्षेत्रहरूमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।
कम्पनीले शिक्षा, स्वास्थ्य, निर्माण, र सेवासम्बन्धी उद्योगहरूमा अत्याधुनिक सफ्टवेयरहरू जस्तै डाइनामिक ईआरपी र हस्पिटल ईआरपी विकास गर्दै, आन्तरिक राजस्व विभागबाट प्रमाणित नेपालको पहिलो ईआरपी प्रोभाइडरको दर्जा प्राप्त गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय बजारतर्फ दुबई, मलेसिया र इन्डोनेसियामा सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।
नेपालपत्र संवाददाता