शुक्रबार, कार्तिक ७ गते २०८३

मानवजातिको ओठमा सबैभन्दा सुन्दर शब्द नै ‘आमा’ हाे


बैशाख १४, २०८२ आइतबार
मानवजातिको ओठमा सबैभन्दा सुन्दर शब्द नै ‘आमा’ हाे
मानवजातिको ओठमा सबैभन्दा सुन्दर शब्द नै ‘आमा’ हो, अनि सुन्दर पुकार नै ‘मेरी आमा’ हो; यो आसा र प्रेमले भरिपूर्ण शब्द हो, जो दिलको गहिराईबाट आईरहेको मीठो र ममतामय लबज हो....: खलिल जिब्रान
 
खलिल जिब्रान (१८८३–१९३१) लेबाननमा जन्मेका प्रख्यात आप्रवासी अमेरिकी कवि तथा लेखक हुन् । दार्शनिक तथा आध्यात्मिक वस्तुवादिता यिनका लेखमा पाइने रुमानी रस हो । उनी अरबी र अँग्रजी दुबै भाषामा लेख्ने गर्थे । काब्यात्मक रुपमा लेखिएको फिक्सन ‘द प्रोफेट’ (ईश्वरदूत) त यिनको कल्पना शक्तिको बेजोड प्रतिक मानिन्छ । 'ब्रोकन विङ्स', 'म्याडम्यान', 'फोर रनर' पनि उनका उत्कृष्ट कृति हुन । ‘द प्रोफेट’ लेखेपछि उनमा यस्तो भूत सवार भयो कि कयौँ दिनसम्म उनी ढोका थुनेर कोठाभित्रै बस्ने गर्थे । खुब रक्सी पिए ।
 
अति रक्स्याहा भएको कारण उनलाई टीबी र सिरोसिस रोगले जकड्यायो । यिनै रोगबाट उनको ४८ वर्षमा निधन भयो । उनको इच्छा अनुरुप उनलाई लेबाननको एक गिर्जाघरमा दफनाइयो । यिनको निधनपछि पनि हजारौँ मानिस यिनलाई हेर्न आएका थिए । यिनका रचनाहरूले सेक्सपियर र लाओ जूका कृतिहरूपछि धेरै बिक्ने रेकर्ड राखेका छन् ।
 
४० भाषामा प्रकाशित खलिल जिब्रानको प्रख्यात कृति ‘काटिएका पखेटा’(The Broken Wings) मा उनले एउटा अध्याय नै आमाको महिमाका लागि लगाएका छन् । माथिको भनाई त्यसैबाट झिकिएको हो, जसको पूर्णरुप :
 
“मानवजातिको ओठमा सबभन्दा सुन्दर शब्द नै ‘आमा’हो, अनि सुन्दर पुकार नै ‘मेरी आमा’ हो । यो आसा र प्रेमले भरिपूर्ण शब्द हो, जो दिलको गहिराईबाट आईरहेको मीठो र ममतामय लबज हो । आमा सबैथोक हुन्, दुःखमा हाम्री सान्त्वना हुन्, वेचैनीका बेला आसा हुन् अनि कमजोरीमा हाम्री शक्ति हुन् । उनी प्रेम, दया, सहानुभूति र क्षमाशिलताकी स्रोत हुन् ।"
 
"जसले आमा गुमाएको हुन्छ, उसले आशिर्वाद दिने र निरन्तर रक्षा गर्ने एक पवित्र आत्मालाई गुमाएको हुन्छ। प्रकृतिका हरेक चिजले आमालाई ईंगित गर्छ । सूर्य पृथ्वीकी आमा हुन् र यसलाई आफ्नो श्रवणको पोषण दिने गर्छन्; सूर्यले रातमा ब्रम्हाण्डलाई कहिल्यै पनि छोड्दैनन्, त्यतिबेलासम्म समुद्रको गीत र पंक्षीहरू र झरनाका भजनका बीच पृथ्वीलाई सयनका लागि राख्दैनन् ।"
 
"यो पृथ्वी वृक्ष र फूलहरूकी आमा हुन् । उनीहरूलाई यिनैले जन्माउँछिन्, पाल्दछिन्, र स्तनपानबाट हुर्काउँछिन । वृक्ष र फूलहरू (पनि) आफ्ना महान फल र बीऊका दयालु आमा बन्दछन् । तब आमा शाश्वत आत्मा, सुन्दरता र स्नेहले भरिएकी सम्पूर्ण अस्तित्ववान्हरूकी मूलरुप हुन् ।”
 
"इच्छा आधा जीवन हो र उदासिनता आधा मृत्यु । मन्दिरको द्वारमा हामी सबै भिखारी हौँ ।"