भरतपुर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव तथा नेपाली कम्युनिष्ट आन्दोलनका मार्गदर्शक कमरेड पुष्पलालको जन्म शतबार्षिकीको सन्दर्भमा चित्तवन जिल्लाको भरतपुर र मेघौली तथा नबलपरासी जिल्लाको डण्डा क्षेत्रमा आयोजित बिशेष कार्यक्रममा कमरेड पुष्पलालको क्रान्तिकारी जीवन र कार्यको स्मरण गर्दै उहाँले देखाएको सही क्रान्तिकारी बाटोमा लाग्नु पर्ने आबश्यकता आज झन बढेको निष्कर्श सहभागी प्रतिनिधि बामपन्थी बुद्धिजीवी तथा किसानहरुले निकालेका छन् । उनीहरुले आज देशको कम्युनिष्ट आन्दोलनको मूलधार ठान्ने पार्टीहरुले कम्युनिष्ट आदर्श,बिचार, सिद्धान्त नीति त्यागेको, देश र जनताप्रतिको समर्पणबाट बिमुख बनेको तथा देशमा सुशासन दिनुका साटो भ्रष्टाचार, मानब तस्करी, कमिशनखोरी जस्ता अत्यन्तै अबाञ्छित कुसँस्कृति हुर्काएको र बढाएकोले गर्दा समग्रमा नेपाली जन आन्दोलन र बिशेषतः कम्युनिष्ट आन्दोलन नै बदनाम तुल्याएको र क्षतबिक्षत पारेकोप्रति ठूलो चिन्ता र असन्तुष्टी प्रकट गरेका छन् । यस स्थितिलाई सच्चा, इमानदार र समर्पित क्रान्तिकारी कम्युनिष्टहरुले सिद्धान्तनिष्ठ ढंगले समय छँदै सच्याउने र यो आन्दोलनलाई सही बाटोमा पुनर्गठित नगर्ने हो भने नेपाली जनताले लडेर ल्याएको सीमिति अधिकार पनि गुम्ने प्रतिगामी शक्ति पुनः हाबी हुने र देश अझ अधोगतिको अन्धकारमा जाने कुरा उनीहरुले औंल्याए ।
भरतपुरमा क पुष्पलाल शत बार्षिकी चर्चा

पुष्पलाल स्मृति प्रतिष्ठान भरतपुर
नब बर्ष २०८२ को पहिलो साता बैशाख ६ गते भरतपुर नारायणी नदी किनारामा रहेको क.पुष्पलाल स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित बिशेष कार्यक्रममा उपस्थित बामपन्थी तथा बुद्धिजीवी योद्धाहरुलाई सम्बोधन गर्ने क्रममा क. पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य सचिव तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष क. लोकनारायण सुबेदीले क. पुष्पलालको बहु आयामिक ब्यक्तित्वमाथि प्रकाश पार्दै उहाँले नेपाली क्रान्तिका समस्या र समाधानको जुन मार्गदर्शन गर्नु भएको थियो त्यसबाट बिचलित हुँदा आज नेपाली जनतामा कम्युनिष्ट आन्दोलनप्रति रहेको ठूलो भरोसा र आशामाथि तुसारापात भएको, सत्तामा पटक पटक गएका बामपन्थी पार्टीहरु सिद्धान्तच्यूत, उपभोक्ताबादी र नब सामन्ती भासमा चुर्लुम्म डुबेर देशको स्वाधीनता, स्वतन्त्रता र राष्ट्रियता तथा जनतन्त्र र जन जीबिका नै आज ठूलो खतरामा परेको कुरा ब्यक्त गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष क.रामप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गर्नु हुँदै क. पुष्पलाल जन्म शतबार्षिकी राष्ट्रिय समरोह समितिका सदस्य क. बद्रीनाथ अधिकारीले कार्यक्रमको सञ्चालनकासाथै उपस्थित सबैको स्वागत अभिबादन गर्दै क. पुष्पलालले नेपाली शोषित पीडित जनताको मुक्ति र प्रगतिको निम्ति जुन सही कार्यक्रम, कार्यनीति र कार्यदिशा दिनु भएको हो त्यसलाई हृदयंगम गर्न र सही बाटोमा अडिन नसक्दा आज कम्युनिष्ट आन्दोलनको स्थिति नराम्रोसँग बिग्रिएको छ भन्ने कुरा दशाउँनु हुँदै क. पुष्पलालको सही नीति र बिचारको बाटो नहिडी कम्युनिष्ट आन्दोलनको पुनर्जागरण नहुने कुरामा ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा बामपन्थी नेताहरु, क. धनञ्जय शर्मा सिग्देल, क.अर्जुन पौडेल, क. किसन शर्मा गैरे, क.रामप्रकाश अधिकारी,डा. माया गिरी, क. कर्ण बानियाँ, क. शभ्मु सुबेदी, उद्योगकुमार पिया, गोबिन्दराम काफ्ले, बाबुराम घिमिरे, पाण्डे,सूर्यभक्त, कान्छा पौडेल, अधिकारी,सागर शर्मा,डा.लक्ष्मण पुरी,नारदमणि पौडेल,लोकप्रसाद भूर्तेल लगायतको सहभागिता रहेको थियो ।

सहभागी प्रायः सबैले बोल्नु हुँदै देशमा सुशासन नभएको, जनताको जीवनमा कत्ति पनि सुधार आउन नसकेको, सत्तामा पुगेका नेताहरुको चिन्तन, चरित्र र ब्यवहार भ्रष्ट भइसकेको, प्राप्त लोकतान्त्रिक अधिकारहरु नै खतरमा परिहेको, गलत नीतिले गर्दा आज मानब समाज र पर्यावरण नै बिग्रिएको र मानब सभ्यता नै समाप्त हुने स्थिति आएको औल्याउँदै कमरेड पुष्पलाल जस्ता देश र जनताप्रति समर्पित नेताको खाँचो भएको भावना सबैले ब्यक्त गरेका थिए ।
अध्यक्षको आसनबाट बोल्नु हुँदै क. रामप्रसाद श्रेष्ठले कमरेड पुष्पलाल जस्ता कम्युनिष्ट आन्दोलनलाई सही दिशा र गति दिन खोज्ने क्रान्तिकारी कम्युनिष्ट नेताको जन्म शतबार्षिकीजस्तो महत्वपूर्ण कार्यक्रम चित्तवनमा राखेर सम्मन्न गर्न र आफु पनि सहभागी बन्न पाएकोमा प्रसन्नता गर्दै पुष्पलालले जुन सपना देखेर नेपाल कम्युनिष्ट पार्टी निर्माण गर्नु भएको थियो त्यो अझै पनि अधूरै रहेको गुनासो पोखेका थिए ।
चित्तवनकाे मेघाैलीमा किसानहरूका बीच क. पुष्पलाल जन्म शत बार्षिकी कार्यक्रम

यसरी नै बैशाख ७ गते चित्तवनकै मेघौलीका गरीब किसानहरुको बस्ती कुमाल टोलमा आयोजित कमरेड पुष्पलालको जन्म शत बार्षिकी कार्यक्रमको अबसरमा बोल्दै राष्ट्रिय समारोह समितिका सदस्य सचिव क.लोकनारायण सुबेदीले नेपाली किसानहरुको बर्गीय मुक्ति, हक हित र उनीहरुको सर्बतोमुखी समुन्नतिका निम्ति किसानहरुलाई सामन्ती र साम्राज्यबादी शोषण उत्पीडनबाट मुक्त गर्ने कुरामा कमरेड पुष्पलाल केन्द्रित हुुनुहुन्थ्यो र नेपाल कम्युनिष्ट पार्टीलाई मूलतः किसानहरुको बिचमा बसोबासो गराएर नेपाली किसानहरुलाई जगाउने उठाउने र अघि बढाउने कुरामा बिशेष ध्यान केन्द्रित गर्नुहुन्थ्यो । उहाँकै पहलमा देशमा ऐतिहासिक किसान आन्दोलन उठेको, भूमिसुधार, मोहीयानी हक, त्रिभागा कुत आन्दोलन, जाली तमसुक फट्टा आन्दोलन,‘जी’ आन्दोलन चलेको दर्शाउनु हुँदै किसान जीवनदायिनी शक्ति भएकोले यो आधारभूत बर्गका समस्या हल नभइकन राष्ट्रिय समस्या पनि हल हुँदैन भन्ने कुरा कमरेड पुष्पलाल बारम्बार औल्याउने गर्नु हुन्थ्यो भन्ने जानकारी दिनु भयो । उहाले कमरेड पुष्पलालले दिएका अमर योगदानहरुलाई स्मरण गर्दैे क. ताराचन मास्केले अनकण्टार पिछडिएको ठाउमा आएर होम स्टे मार्फत किसानहरुलाई पनि जागुरुप गराउने तथा यो पिछडिएको ठाउलाई उठाउने कार्य सञ्चालन गरेर पुष्पलालले चाहेको जस्तै गर्न खोजेको भनेर उहाँलाई धन्यबाद पनि दिनु भयो ।
कमरेड पुष्पलाल जन्म शतबार्षिकी राष्ट्रिय समारोह सममितिका सदस्य क. बद्रीनाथ अधिकारीको सञ्चालन र पुष्पलाल स्मृतिप्रतिष्ठान चित्तवनका अध्यक्ष रामप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क.धनञ्जय शर्मा, क. अर्जुन पौडेल, क. किशन गैरे,क.जयमंगल कुमाल लगायतले बोल्नु भएको थियो । उहाहरु सबैले पहिलेको भन्दा केही सुधारबादी र उन्नत राजनीतिक परिबर्तन आएर संबिधानमा धेरै कुरा लेखिएको भए पनि तदनुसार देशको नेतृत्व नचलेर भ्रष्टाचार चरमरुपमा बढेको, श्रमजीवी जनता लगायत किसानका समस्या हल नभएको आम जनतामा सर्बत्र निराशा छाएको औल्याउँदै यस स्थितिको अन्त्य गर्न क्रान्तिकारी जनपक्षीय र बाह्य हस्तक्षेप बिरोधी सम्पूर्ण शक्ति जनता र राष्ट्रको पक्षमा एकजुट हुनु पर्ने ज्वलन्त आवश्यकता रहेको औल्याएका थिए ।

कार्यक्रममा उपस्थित सबैलाई होम स्टेका सञ्चालक क. ताराचन मास्केले स्वागत गर्नु हुँदै चित्तवनको यो पिछडिएको क्षेत्रमा कमरेड पुष्पलाल जस्ता नेपाली श्रमजीवी जनताका क्रान्तिकारी नेता जन्मेको शय बर्ष पुगकोमा उहाँको सम्मानमा यस्तो यस्तो कार्यक्रम राखेकोमा प्रसन्नता प्रकट गर्नुकासाथै यस प्रकारका थप कार्यक्रमहरु गरेर जनतालाई जगाउन र उठाउन सकेमा कमरेड पुष्पलाललाई सम्झेको सार्थक हुन्थ्यो भन्ने भावना ब्यक्त गरेका थिए । कार्यक्रममा किसान र महिलाहरु समेत गरी ४८ जना जनसमुदायको उपस्थिति रहेको थियो ।

मेघाैली कुमाल सामुदायिक हाेम स्टे
कार्यक्रममा उपस्थित बक्ताहरु तथा किसान कमरेडहरुको उपस्थिति यस प्रकार रहेको छ : रामप्रसाद श्रेष्ठ, लोकनारायण सुबेदी, बद्रीनाथा अधिकारी, अर्जुन पौडेल, धनञ्जय शर्मा सिग्देल,जयमंगल कुमाल, आसबहादुर कुमाल गोरबहादुर कुमाल,ताराचन मास्के, मिठु कुमाल, बिना कुमाल,काली कुमाल दिलकुमारी कुमाल, मिना कुमाल, माया कुमाल, दुर्गामाया कुमाल, पदमकुमार कुमाल, चन्द्रबहादुर कुमाल, कालीदास कुमाल, नरबहादुर कमुला, लालबहादुर कुमाल,बुद्धिराम कुमाल, नारायण खनाल, बलराम चपगाई, गुणबहादुर कुमाल, सूर्यबहादुर कुमाल, दिल्लीराम काफ्ले, दिलबहादुर कुमाल काले कुमाल, भिष्मप्रकाश छन्तेल, बुद्धिराम कुमाल, रबिलाल कुमाल, सोमबहादुर कुमाल, जीतबहादुर कुमाल, ज्ञानबहादुर कुमाल गुणबहादुर कुमाल,सीताराम कुमाल, गोरेबहादुर कुमाल, बासुराम कुमाल, सहारा कुमाल, श्रीदेबी कुमाल, गोबिन्द्र काफ्ले, सोमबहादु कुमाल, फ्ुलमाया कुमाल, रीता कुमाल, सीताराम कुमाल(सरल) लगायत थिए ।
नबलपुर, डण्डामा क. पुष्पलाल जन्म शत बार्षिकी बिशेष कार्यक्रम

डण्डा, नवलपुर
यसैगरी २०८२ बैशाख ९ गते नबलपुरको डण्डामा आयोजित कमरेड पुष्पलाल जन्म शतबार्षिकी बिशेष कार्यक्रम दलित समुदायिक केन्द्रको सभा कक्षमा सम्मन्न भयो । अक्टोबर समाजबादी क्रान्तिका सफल योजनाकार तथा मार्क्सबादी चिन्तक महान लेनिनको १५५औं जन्म जयन्तिको बिशेष अबसरमा आयोजित क. पुष्पलाल जन्म शत बार्षिकीको बिशेष कार्यक्रममा यस दिनको महत्वबारे प्रकाश पार्दै कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य सचिव क. लोकनारायण सुबेदीले भन्नुभयाे- महान लेनिन र कमरेड पुष्पलालको आरम्भिक राजनीतिक परिबेश उस्तै उस्तै किसिमको भएको उल्लेख गर्दै लेनिनका दाजु अलेक्जेण्डरलाई रुसको तत्कालीन तानाशाही निरंकुश जार शासकले हत्या गरेको थियो भने यता नेपालमा क.पुष्पलालको सहोदर दाजु गंगालाललाई पनि तानाशाही निरंकूश राणा शासकले गोली हानी हत्या गरेको थियो । लेनिनले मार्क्सबादकाे आधारमा समाजबादी क्रान्ति सफल पारेर बिश्वमा पहिलो पटक शोषित पीडित श्रमजीवी जनताको राज्य स्थापना गरी बिश्व इतिहासलाई नयाँ मोड दिनु भएको थियो भने नेपालमा कमरेड पुष्पलालले नेपाललाई नयाँ मोड दिन कम्युनिष्ट पार्टीको स्थापनाकासाथ नेपाली शोषित पीडित श्रमजीवी जनताको मुक्ति र प्रगतिका लागि नेपाली क्रान्तिको कार्यक्रम र त्यसले समाधान गर्नु पर्ने प्रतिकृयाबादी सत्ताको शोषण दमन तथा एंग्लो अमेरिकी साम्राज्यबाद र भारतीय एकाधिकार पूँजीवादको राजनीतिक आर्थिक, सामाजिक तथा साँस्कृतिक उत्पीडनबाट मुक्तिको बाटो देखाउने नयाँ जनबाद क्रान्ति सम्पन्न गर्दै समाजबादमा संक्रमणको मूलबाटो अर्थात् बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्तिको नयाँ बाटो देखाउनु भएको थियो । त्यसैले बितेको सय बर्षयताको परिप्रेक्षमा कमरेड पुष्पलालले दिनु भएको माक्र्सबादी बैचारिक, सैद्धान्तिक, राजनीतिक तथा संगठनात्मक योगदानहरुको, बामपन्थी एकता, संयुक्त मोर्चा र संयुक्त आन्दोलन तथा अग्रगामी, उन्नत र निर्णायक परिबर्तनका लागि निर्णायक किसिमको संघर्ष अर्थात् सशस्त्र संघर्षको अपरिहार्यताको बाटोको बारेमा हामी अहिले यो शत बार्षिकीमा चर्चा परिचर्चा गरिरहेका छौं भन्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बोल्नुहुने अन्य बक्ताहरुले पछिल्लो राजनीतिक परिबर्तन पछि पनि नेपाली जनता र राष्ट्रको हितमा उल्लेख गर्न र शीर उठाउन सकिने कुनै ठोस काम हुन नसकेको, आफ्नो जीवन बृत्तिमा परिबर्तनको आशा र अपेक्षा गरिरहेका आम जनता जिल्लाराम परिरहेको अबस्था छ । जब्बर किसिमले भ्रष्टचार र कमिशनखोरी चलेको देशको स्वाधिनता, स्वतन्त्रता र राष्ट्रियतामाथि नै खतरा पैदा हुने गरी बाह्य हस्तक्षेप बढेको र यी सबै कुरा कमरेड पुष्पलालको दृष्टिकोण, बिचार, सिद्धान्त र ब्यबहार बिपरीत भइरहेकोले पुष्पलाल कमरेडको जन्म भएको १०० बर्ष पुगिरहेको सन्दर्भमा यी सारा बिकृति र बिसंगतिलाई पञ्छाउन र मुलुकलाई सही दिशा र गति दिन सिद्धान्तनिष्ठ, चरित्रबान र क्रान्तिकारी बामपन्थी शक्तिहरु गम्भीररुपमा घोत्लिनुपर्ने र संशोधनबाद, नब संशोधनबाद, उपभोक्ताबाद र औसरबादी महारोगबाट मुक्त भएर अघि बढ्न गम्भीरतम र जिम्मेवारीपूर्ण ब्यापक बहस र बिचार बिमर्श चलाईनु पर्ने तथा चुहिने भाडोमा जसले पानी भरे पनि नअडिने यथार्थलाई क्रान्तिकारीहरूले महुशुस गर्नु पर्ने आवश्यकतालाई आत्मसात गरेर सही दिशामा अघि बढ्नु आजको निकासको प्रस्थान बिन्दू हो भन्ने साझा भावना ब्यक्त गरिएको थियो । यसरी बोल्ने बक्ताहरुमा कमरेड पुष्पलाल जन्म शतबार्षिकी राष्ट्रिय समारोह समितिका केन्द्रिय सदस्य बद्रीनाथ अधिकारीका अतिरिक्त उपस्थित एबं बोल्ने बिभिन्न बापन्थी बुद्धिजीबहरु कमरेडहरुमा. किसन शर्मा गैरे,.. धनञ्जय शर्मा सिग्देल, केदारप्रसाद पराजुली, गोबिन्द प्रसाद पौडेल, टकबहादुर आले, टेकराज भूसाल,रामराज पण्डित,रेकम बि.क.,रोमप्रसाद नेउपाने,झकबहादुर थापा,रोमलाल गिरी,पतिराम थनैत,दुर्गाबहादुर थापा मगर, कमल ज्ञवाली(कबि), भुमबहादुर केसी,लोकप्रसाद भूत्र्याल, किरन थनेत, कृष्णबहादुर दँगाल, सरला खनाल,छबिलाल गिरी,केशमाया कुँवर,शालिकराम भटराई, मुना लम्साल,सञ्जय गिरी लगायत रहेका थिए ।

पुराना बामपन्थी नेता कृष्णबहादुर दंगालको अध्यक्षता र दुजमान श्रीपालीको सञ्जालनमा यो बिशेष कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अन्त्यमा क.रेकम बिकलाई कमरेड पुष्पलालको जन्म शत बार्षिकी पोष्टर प्रदान गरिएको थियो ।
नेपालपत्र संवाददाता