नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकका समस्या वार्ताको माध्यमबाटै समाधान गर्ने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री पन्तले आफू अब बोल्नेभन्दा पनि काम गरेर परिणाम निकाल्नेतर्फ अग्रसर हुने जनाए ।
शिक्षा ऐनलगायत विभिन्न पेसागत माग राख्दै सडक आन्दोलनमा रहेका शिक्षकबारे आफू जानकार रहेको भन्दै पन्तले जनाएका छन् । शिक्षकहरू विभिन्न मागसहित चैत २० गतेदेखि निरन्तर बबरमहल तथा बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
कार्यभार समाल्नुअघि मन्त्री पन्तले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रिपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका थिए । यस अघि कायम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पन्तलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
नेपालपत्र संवाददाता