सङ्घीय संसद्को बजेट अधिवेशन आजबाट शुरु हुदैछ । । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि नियमित बजेट अधिवेशन सुरु हुन लागेको हो । दुवै सदनको अधिवेशनको पहिलो बैठक शुक्रबार १ बजे सुरु संसद सचिवालयले जनाएको छ ।
शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यसअघिको अभ्यासभन्दा साताअघि नै अधिवेशन बोलाउन सिफारिस गरेको थियो । विद्यालय शिक्षा विधेयक पारितलगायतका माग राखेर शिक्षक तीन सातादेखि आन्दोलनमा छन् । यस्तै सङ्घीय निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब पनि सरकारमाथि छ ।
यस्तै यो अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस हुनेछ । सरकारले वैशाख १९ गते नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको छ । सभामुख देवराज घिमिरेले आह्वान गरेको बुधबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले वैशाख १९ गते नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरिएको जनएका थिए ।
सरकारले वैशाख अन्तिम साता सिद्धान्त र प्राथमिकता पेस गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रम र सिद्धान्त प्राथमिकताको छलफल सकिएपछि सङ्घीय संसद्मा वार्षिक बजेट पेस हुने छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट पेस हुनेछ।
नेपालपत्र संवाददाता