आइतबार, आश्विन १८ गते २०८३

तीन विकास बैंकलाइ राष्ट्र बैंकले गरायो सचेत


बैशाख ११, २०८२ बिहीबार
तीन विकास बैंकलाइ राष्ट्र बैंकले गरायो सचेत

 

नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंकलाई कारवाही गरेको कारवाही गरेको छ । राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणको क्रममा संस्थाको मुक्तिनाथ विकास बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएको जनाउँदै अध्यक्षले सञ्चालक समिति बाहेक अन्य कुनै पनि आन्तरिक समिति वा उप–समितिमा समावेश हुन पाउने व्यवस्था उल्लंघन गरेकोले ढकाललाई नेपाल सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, नारायणी डेभलपमेण्ट बैंकले मिति २०७७ साउन २१ मा समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा दिएको पत्रमा २ वर्षभित्र तोकिए बमोजिमको चुक्ता पुँजी पुर्‍याउन, चुक्ता पुँजीको शतप्रतिशतमा नबढ्ने गरी सर्वसाधारणबाट निक्षेप संकलन गर्न सक्ने सीमा कायम गर्न र प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्मको सीमा भित्र एकल ग्राहक कर्जा सीमा कायम गर्न शर्त तोकिएकोमा सो अनुसार न्यूनतम चुक्ता पुँजी कायम नगरेको पाइएको छ ।

साथै राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी सर्वसाधारणबाट निक्षेप संकलन गरिरहेको, एकल ग्राहक कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह गरेको तथा एकीकृत निर्देशनमा तोकिएको सीमा भन्दा अधिक हुने गरी वित्तीय श्रोत संकलन गरेको लगायत विगत लामो समयदेखि यस बैंकले तोकेको पुँजीकोष अनुपात कायम गर्न नसकेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई तोकेको न्यूनतम चुक्ता पुँजी तथा पूँजीकोष अनुपात २०८२ असार मसान्तसम्म अनिवार्य रूपले कायम गर्न तथा यस बैंकबाट दिइएका निर्देशनहरू बारम्बार उल्लंघन भएको हुँदा नियामकीय निर्देशन उल्लंघन गर्ने कार्य तत्काल अन्त्य गर्न संस्थाको सञ्चालक समितिलाई लिखित आदेश जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी सालपा विकास बैंक पनि कारबाहीमा परेको छ । यस बैंकले “ख” वर्गको वित्तीय संस्थालाई तोकिएको न्यूनतम चुक्ता पुँजी हालसम्म पनि कायम गरेको तथा तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने सन्दर्भमा यस बैंकबाट पटक९पटक दिइएका पूर्व निर्देशनहरूको कार्यान्वयन नगरी यस बैंकको नियामकीय व्यवस्थाहरू पालना गरेको थिएन । जसले गर्दा सञ्चालक समितिलाई नसिहत दिइएको राष्ट्र बैंकले जनाएको छ ।