कुमारी बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । नव वर्ष २०८२ अवसरमा बैंकले ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ नामक योजना सार्वजनिक गरेको हो । यो योजनामा सहभागी भई ग्राहकहरूले आकर्षक बम्पर उपहारमा एक आइफोन सहित साप्ताहिक रूपमा मोबाइल रिचार्ज जित्ने मौका पाउनेछन् ।
बैंकका अनुसार, योजनाअन्तर्गत सहभागी हुन ग्राहकले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । त्यसपछि ग्राहकहरू बम्पर उपहार आइफोन १६ जित्न स्वतः योग्य हुनेछन् ।
यो योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । अफर अवधिभर प्रत्येक हप्ता १०० जना ग्राहकले १०० रुपैयाँ बराबरको मोबाइल रिचार्ज उपहारस्वरूप प्राप्त गर्नेछन् । योजना समाप्तिपछि एक जना विजेताले बम्पर उपहारका रूपमा आइफोन १६ जित्ने अवसर पाउनेछ ।
नेपालपत्र संवाददाता