आइतबार, आश्विन १८ गते २०८३

सुनको भाउ दिनै उकालो, प्रतितोला १ लाख ९० हजार ६०० मा कारोबार


बैशाख ४, २०८२ बिहीबार
सुनको भाउ दिनै उकालो, प्रतितोला १ लाख ९० हजार ६०० मा कारोबार

 

बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला दुई हजार ७०० रुपैयाँले बढेर एक लाख ८७ हजार रुपैयाँ पुगेको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।