हामी वास्तविकता परिवर्तन गर्न सक्दैनौँ भने आ-आफ्नै दृष्टि परिवर्तन गरौँ, जसले वास्तविकता देख्न सकुन्....
: निकोस काजान्जाट्किस
निकोस काजान्जाट्किस (१८८३-१९५७) ग्रीसका लेखक तथा प्रजातान्त्रिक समाजवादी राजनीतिज्ञ हुन् । नामुद साहित्यकार भएकै कारण उनलाई नोबेल साहित्य पुरस्कारका लागि ९ पटकसम्म मनोनयन गरिएको थियो, तर उनी अल्बेयर कामु (१९१३-१९६०) को लागि १९५७ मा यो अवसरबाट पछि हटे । करिब आधा दर्जन उपन्यास, त्यतिनै कथा संग्रहहरुका लेखक तथा चर्चित कृतिका अनुवादक पनि रहेका यिनी एकपटक ग्रीसको विनाविभागीय मन्त्री (१९४५ -४६) पनि भए ।
उनले चीन र जापानको भ्रमण गरेपछि ल्युकेमियाको रोगले बिमारी भएर स्वदेश फर्किए । उनलाई उपचारार्थ जर्मनी पठाइयो । त्यहीँ उनको निधन र अन्त्येष्ठी भयो । उनको चिहानमा लेखिएको छ, "मलाई कुनै कुराको आसा छैन न त त्रास छ । धेरै माथि पनि पुगें । मैले स्वयंलाई हृदय र मनबाट मुक्त बनाएको छु । म उन्मुक्त छु ।" (I do not hope for anything. I do not fear anything, I have freed myself from both the mind and the heart, I have mounted much higher, I am free.) ।
उनले दोस्रो विश्वयुद्धको लगत्तै गैरकम्युनिस्ट प्रजातान्त्रिक समाजवादी पार्टी पनि स्थापना गरे । उनले प्रजातान्त्रिक समाजवादद्वारा विश्वका प्रत्येक मानव प्राणीलाई न्याय दिन सकिन्छ । एक मानिसबाट अर्कोको शोषण गर्ने प्रथाको अन्त्य हुन्छ र सबै मानिस स्वतन्त्र हुन्छन्, त्यसैले विश्वभरि नै प्रजातान्त्रिक समाजवाद स्थापित गर्नुपर्छ भन्ने मान्यतालाई जोड दिए, तर दक्षिणपन्थीहरुले उनलाई सोभियत एजेण्ट भन्ने आरोप लगाए भने कम्युनिस्टहरुले बुर्जुवा भनी खोट लगाए ।
उनको निधनउप्रान्त १९५७ मा चिनिया कम्युनिस्ट पार्टीले उनलाई महान लेखक एवं शान्तिका पुजारीको रुपमा सम्मान गरेको थियो ।
उनको माथि दिईएको भनाई रिपोर्ट टु ग्रेसो (१९४५) मा लेखिएको कृतिको १९६५ मा अनुवाद भएको द सन मा उल्लेख छ, जसको पूर्ण रुप :
"Since we cannot change reality, let us change the eyes which see reality, says one of my favorite Byzantine mystics. I did this when a child; I do it now as well in the most creative moments of my life." ("The Son", Ch. 4, p. 45).
चन्द्रमणि गाैतम