बुधबार, भाद्र ३ गते २०८३

स्मार्टच्वाइस टेक्नोलोजिजले प्राप्त गर्‍यो पीसीआई–डीएसएस  प्रमाणिकरण


बैशाख ३, २०८२ बुधबार
स्मार्टच्वाइस टेक्नोलोजिजले प्राप्त गर्‍यो पीसीआई–डीएसएस  प्रमाणिकरण


काठमाण्डु ।  स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड ‘पेमेन्ट कार्ड इण्डष्ट्री डाटा सेक्युरिटी स्टाण्डर्ड (पीसीआई–डीएसएस) भी ४.०.१. प्रमाणित भएको छ ।

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले हालसालै उक्त प्रमाणीकरण प्राप्त गरेको हो । जुन हालसम्मको सर्वाधिक सुरक्षित र अद्यावधिक संस्करण मानिन्छ । 

पीसीआई–डीएसएस एक अन्तर्राष्ट्रिय स्तरको सुरक्षात्मक मापदण्ड हो, जुन भुक्तानी कार्ड सम्बन्धी डाटा सुरक्षा सुनिश्चित गर्नका लागि तयार गरिएको हो । यस मापदण्ड अन्तर्गत विभिन्न १२ प्रकारका सुरक्षा आवश्यकता र प्रक्रियाहरू निर्धारण गरिन्छ जसले डाटा चोरी, अनाधिकृत पहुँच तथा साइबर आक्रमणबाट बच्न सहयोग पुर्याउने जनाइएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन बमोजिम कार्डमार्फत भुक्तानी कारोबार गर्न अनुमतिपत्रप्राप्त संस्थाले कारोबार तथा कार्डसंग सम्बन्धित संवेदनशील सुचनाको प्रत्याभूति गर्न कार्डको प्रकृति अनुसार पीसीआई–डीएसएस जस्ता अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डहरु पालना गर्नुपर्ने नियम गरे अनुरुप संस्थाहरु प्रमाणित हुँदै आइरहेका छन् ।