राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन् । सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संघीय प्रतिनिधि सभा र राष्ट्र्रिय सभाको बैठक राष्ट्रपतिले आह्वान गरेका हुन् ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसदले विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताएकी छिन् ।
नेपालपत्र संवाददाता