नेपाल राष्ट्र बैंकले फेरि एक पटक निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । प्रणालीमा तरलता अत्यधिक भएपछि व्यवस्थापनलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले बुधबार २१ दिन अवधिका लागि यो निक्षेप संकलन उपकरण प्रयोगमा ल्याएको हो।
राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा भाग लिन सक्नेछन् । निक्षेप संकलन उपकरणअन्तर्गत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोडदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्मको बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ ।
नेपालपत्र संवाददाता