नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बैशाख ३ गते प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालपत्र संवाददाता