शनिबार, आश्विन १७ गते २०८३

बैशाख महिनाका लागि अधिकांश बैंककाे ब्याजदर स्थिर


चैत्र ३१, २०८१ आइतबार
बैशाख महिनाका लागि अधिकांश बैंककाे ब्याजदर स्थिर

 

अधिकांश वाणिज्य बैंकहरुले नयाँ वर्ष २०८२ का लागि सार्वजनिक गरेको ब्याजदर स्थिर देखिएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि तोकेको ब्याजदर चैत महिनाको तुलनामा यथावत रहेको हो । 

जस अनुसार १६ वटा बैंकले चैत महिनाकै ब्याजदर यथावत राखेका छन् भने बैशाख महिनाका लागि चार बैंकहरुले ब्याजदर घटबढ भएको छ ।

बैशाखका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ५.९७ प्रतिशत रहेको छ । चैतमा यस्तो ब्याजदर ५.९७ प्रतिशत रहेको थियो । औसतमा बैंकहरुको ब्याजदर ०.००३५ बिन्दुले घटेको छ । बैशाखका लागि नेपाल बैंक, सानिमा र कुमारी बैंकले ब्याजदर घटाएका छन् भने एभरेष्ट बैंकले ब्याजदर बढाएको छ । 

त्यस्तै संस्थागतर्फ बैशाखका लागि बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर ४.३६ प्रतिशत विन्दुमा झरेको छ । चैतमा यस्तो ब्याजदर ४.४३ प्रतिशत रहेको थियो ।