शुक्रबार, कार्तिक ७ गते २०८३

भारतका कृषि तथा किसान कल्याण मन्त्री  चौहान चन्द्रागिरिमा


चैत्र २९, २०८१ शुक्रबार
भारतका कृषि तथा किसान कल्याण मन्त्री  चौहान चन्द्रागिरिमा


भारत सरकारका कृषि तथा किसान कल्याण मन्त्री माननीय श्री शिवराज सिंह चौहान सहित भारतीय राजदूत नवीन श्री वास्तव र विशिष्ट पाहुनाहरूले  चन्द्रागिरि हिल्सको भ्रमण  गरेका छन् । मन्त्री चौहान सहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले स्वागत  गरेका थिए ।

भ्रमणको क्रममा मन्त्री चौहानले  पर्यटकहरूका लागी चन्द्रागिरि हिल्स  उत्कृष्ट  गन्तव्य  बन्न पुगेको भनी  प्रशंसा गरे। मन्त्री चौहान सहितको भ्रमण टोलीले  हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।

भ्रमणका क्रममा मन्त्री चौहानले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको  चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा  परिवारसहित विशेष पूजा–अर्चना गर्नुभयो। उहाँले सो आध्यात्मिक अनुभवलाई शान्तिपूर्ण र जीवन्त स्मृति हुने भनी वर्णन  गरे । “मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेको मन्त्री चौहानको भनाइ छ। यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सवैलाई लोभ्याउने पनि मन्त्री चौहानले उल्लेख  गरे । 

चन्द्रागिरि हिल्स व्यवस्थापनले  भारतका  कृषि तथा किसान कल्याण मन्त्री चौहानको  भ्रमणले नेपालको  समग्र पर्यटन  सहित धार्मिक पर्यटन प्रवर्द्धनमा थप सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।