नेपाल राष्ट्र बैंकले चालु आर्थिक २०८१/८२ को पहिलो आठ महिनामा देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकद्वारा सार्वजनिक प्रतिवेदनको आधारमा आर्थिक तथा वित्तीय झलक यसप्रकार रहेका छन्:
- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।
- आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको छ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.४ प्रतिशतले र अमेरिकी डलरमा ६.९ प्रतिशतले बढेको छ ।
- शोधनान्तर स्थिति रु. ३१० अर्ब ३७ करोडले बचतमा रहेको छ ।
- कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ ।
- नेपाल सरकारको खर्च रु.८३९ अर्ब ३६ करोड र राजस्व परिचालन रु.७२० अर्ब ३५ करोड रहेको छ ।
- विस्तृत मुद्राप्रदाय ४.८ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको छ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बढेको छ ।
- वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.७ प्रतिशत रहेको छ ।
नेपालपत्र संवाददाता