शनिबार, कार्तिक ८ गते २०८३

ढुङ्गानालाई राष्ट्र बैंकमा कामु गभर्नरको जिम्मेवारी


चैत्र २५, २०८१ सोमबार
ढुङ्गानालाई राष्ट्र बैंकमा कामु गभर्नरको जिम्मेवारी


नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी पाएकी छिन् । गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल पुरा गरेर  बिदा भएसँगै गभर्नरको पद रिक्त छ ।  रिक्त पदको अल्पकालीन पद पुर्तिका लागि अर्थमन्त्रालयले डेपुटी गभर्नर ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दिएको हो । 

मन्त्रालयले सोमबारदेखि लागू हुने गरी ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी तोकेको छ । उक्त पत्र ढुंगानालाई आजै पठाइएको समेत मन्त्रालयले जनाएको छ । पत्र प्राप्त गर्नासाथ ढुंगानाले राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी सम्हालेकी सकेकी छन् ।

राष्ट्र बैंकको १८औं गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय छनोट तथा सिफारिस समिति गठन भएको छ । तर, उक्त समितिले हालसम्म गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउन सकेको छैन ।