आइतबार, आश्विन १८ गते २०८३

गरिमा विकास बैंकको नयाँ वर्ष अफर, दराजबाट सामान किन्दा छुट


चैत्र २२, २०८१ शुक्रबार
गरिमा विकास बैंकको नयाँ वर्ष अफर, दराजबाट सामान किन्दा छुट


गरिमा विकास बैंक लिमिटेडको डेबिटक्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । गरिमा विकास बैंक र दराजबीच सम्झौता सम्पन्न भएको छ । नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो । 

यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ७५० रुपैयासम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट प्राप्त गर्नेछन् । छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागु हुनेछ । 

गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् । 

हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।