नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त हुँदाको उमेर हदको मापदण्ड परिवर्तन गरिएको छ । ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्य नियुक्तिसम्बन्धी मापदण्ड २०७३’ को मापदण्ड संशोधन उमेरको अधिकतम हदसम्बन्धी व्यवस्था नै हटाइएको छ । यसबाट ६५ वर्ष नाघेका व्यक्तिलाई पनि राष्ट्र बैंकको गभर्नर बनाउने बाटो खुलेको छ।
मापदण्डको दफा ३ को ‘ग’ मा उमेरसम्बन्धी व्यवस्था तोकिएको थियो। उक्त व्यवस्थाअनुसार मन्त्रालयअन्तर्गतका सार्वजनिक निकायमा कार्यकारी प्रमुख नियुक्तिका लागि ३० वर्ष उमेर पुगी ६५ वर्ष पूरा नभएको हुनुपर्ने व्यवस्था रहेको थियो। त्यो बुँदा नै हटाइएको हो।
२०८१ साल फागुन २७ गते उक्त मापदण्ड नेपाल सरकारले स्वीकृत गरेको उल्लेख छ। गभर्नरको पदका लागि प्रतिस्पर्धामा रहेका कतिपय व्यक्तिलाइ यस व्यवस्थाले फाइदा हुने देखिएको छ।
नेपालपत्र संवाददाता