लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश गरेको छ । २०५८ साल चैत्र ८ गते नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरेको यस बैंकले विसं २०५८ चैत्र १९ गतदेखि आफ्नो पहिलो वित्तीय कारोबार गरेको थियो । सर्वसाधारणको आर्थिक हित एवं सुबिधा कायम राख्न कृषि, उद्योग, वाणिज्य तथा सेवाको लागि कर्जा प्रदान गरिरहेको बैंकले लाखौं ग्राहकबाट निक्षेप संकलनको कार्य गर्दै आएको छ ।
हाल बैंकको अध्यक्षमा रमण नेपाल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह कार्यरत छन् । डिजिटल बैंकिङलाई प्राथमकिताका साथ अघि बढाएको बैंकमा ५१.०५ प्रतिशत सेयर स्वामित्व संस्थापक सेयरधनीहरुको र ४८.९५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण सेयरधनीहरुको छ ।
पछिल्लो तथ्याङ्क अनुसार बैंकमा २३ लाख बढी सक्रिय ग्राहक छन् । बैंकमा २ हजार ७ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकले देशभरी २५४ वटा शाखा कार्यालय, २८ वटा एक्सटेन्सन काउन्टर, २३९ वटा एटीएमबाट आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालपत्र संवाददाता