सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय गरेसँगै शाक्यलाई नियुक्त गरेको भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले जानकारी दिए। शाक्य लामो समयदेखि प्रसारण लाइनको गुरुयोजना, विद्युत् माग प्रक्षेपणका काममा सक्रिय रहेका छन् ।
घिसिङ दोस्रो पटक २०७८ साउन २५ गते ४ वर्षका कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनकाे पदावधि २०८२ साउन २४ गते सकिँदै थियाे ।
नेपालपत्र संवाददाता