आइतबार, आश्विन १८ गते २०८३

सिटिजन्स बैंकको २००औं शाखा खोटाङको दिक्तेल बजारमा


चैत्र ८, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २००औं शाखा खोटाङको दिक्तेल बजारमा

सिटिजन्स बैंकले खोटाङको दिक्तेलमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले दिक्तेलको रुपाकोट मझुवागढीमा २००औं शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाको सञ्चालन सँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरुको संख्या २८ पुगेको छ। शुक्रबार उक्त शाखा कार्यालयमा पूजापाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको थियाे।

शाखा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्‍याउने क्रममा खोटाङ दिक्तेलमा नयाँ शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा व्यक्त गरे । समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।