शनिबार, आश्विन १७ गते २०८३

बाढी पहिरोको घोर बितण्डा : १०० बढीको मृत्यु, अझै ४१ जना बेपत्ता 

कार्तिक ४, २०७८ बिहीबार
बाढी पहिरोको घोर बितण्डा : १०० बढीको मृत्यु, अझै ४१ जना बेपत्ता 


काठमाण्डौ । देशमा आएको बमौसमको अबिरल बर्षाका कारण आएको बाढी, डुबान र पहिरोले आजसम्म १०१ जनाको ज्यान लिइसकेको छ भने ४१ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ ।
    सबैभन्दा बढी देशको प्रदेश नं.मा ६० जनाको सुदूर पश्चिम प्रदेशमा ३१ जनाको कर्णाली प्रदेशमा ७ जनाको र लुम्बिनी प्रदेशमा १ जनाको  मृत्यु भएको बताइएको छ ।
यसरी नै यस क्रममा प्रदेश नं. १ मा १९, सुदूर पश्चिमामा १७ र कर्णाली प्रदेशमा ४ जना समेत ४० जना मानिस घाइते भएका छन् । अनि बाढी,पहिरो र डुबानका क्रममा ४१ जना अझै बेपत्ता रहेका छन् । योसाताको बिपतमा परेर १ हजार १७७ घरपरिबार बिस्ताफित भएका छन् ।

Ilammiklajung.jpg
यसरी नै प्रहरीले बाढीले २ हजार २३२ घर डुुबाएको छ भने १३९ पशु चौपायहरुको मारिएका छन् ।
अनि बाढी पहिरोमा परेर बेपत्ता भएका मानिसहरु जीबित भेटिने सम्भावना धेरै नै कम भएकाले मृतकहरुको संख्या अझ बढ्ने पनि प्रहरीले औंल्याएको छ ।

Jalamagna.jpg

यसरी बाढी, पहिरो, डुबान र कटानले देशमा जनधनको ठूलो क्षति भएको र राष्ट्रिय अर्थतन्त्रमा पनि यसको ठूलो नकारात्मक असर पर्ने देखिएको छ ।