शनिबार, आश्विन १७ गते २०८३

वित्तीय बजारमा अधिक तरलता, आज ४० अर्ब रकम खिच्दै राष्ट्र बैंक


चैत्र ३, २०८१ आइतबार
वित्तीय बजारमा अधिक तरलता,  आज ४० अर्ब रकम खिच्दै राष्ट्र बैंक

 

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब रूपैया बजारबाट खिच्दै छ । निक्षेप संकलन उपकरणको प्रयोग गरेर राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न लागेको हो । 

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक
तथा वित्तीय संस्थाले दिनको ३ बजेसम्म भाग लिन सक्नेछन् । उक्त बोलकबोलमार्फत जम्मा गरिने निक्षेप रकमको साँवा तथा ब्याज भुक्तानी चैत्र २४ गते हुने राष्ट्र बैंकले सूचनामा जनाएको छ ।