आइतबार, आश्विन १८ गते २०८३

सिटिजन्स बैंक र जननी फर्टिलिटी क्लिनिकबीच सहकार्य, ग्राहकलाइ विभिन्न सेवामा छुट


फाल्गुण २६, २०८१ सोमबार
सिटिजन्स बैंक र जननी फर्टिलिटी क्लिनिकबीच सहकार्य, ग्राहकलाइ विभिन्न सेवामा छुट

सिटिजन्स बैंक र जननी फर्टिलिटी क्लिनिकबीच ग्राहकहरूलाई विशेष छुट दिने विषयमा समझदारी भएको छ । बैंक र ललितपुरमा रहेको जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिक मा ५ प्रतिशत औषधी छुट, १० प्रतिशत प्याथोलोजि टेस्टर छुट र डाक्टर परामर्शमा ५० प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।