आइतबार, आश्विन १८ गते २०८३

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त


फाल्गुण २५, २०८१ आइतबार
एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरेलाई नियुक्त गरिएको छ। गएको शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले यसअघि वरिष्ठ नायब कार्यकारी अधिकृत रहेका घिमिरेलाई सीईओ बनाउने निर्णय गरेको हो। 

बैंकमा दुई कार्यकाल सीईओका रूपमा बिताएका सुनील केसीको पदावधि यही फागुन मसान्तमा सकिँदैछ। सोही कारण नयाँ सीईओमा घिमिरेलाई नियुक्त गरिएको हो। एक दशकभन्दा बढी समयदेखि एनएमबी बैंकमा आबद्ध घिमिरेलाई कर्जा बैंकिङमा विशेष अनुभव छ।