अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नबिल बैंकले वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको सुरुआत गर्दैै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दिवसको अवसरमा महिलाहरुलाई शुभकामना दिँदै बैंकले महिलाहरुलाई प्राथमिकता दिएको बताए । उनले बैंकका विभिन्न विभागमा महिलाहरुले नेतृत्व गरिरहेको उल्लेख गर्दै बैंकको विकासमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले आज मात्रै नभई मार्च महिनाभरी नै विभिन्न कार्यक्रम गरी महिला दिवस मनाउने जनाए । बैंकका अनुसार दिवसका अवसरमा विभिन्न जिल्लामा १२ स्थानबाट एकैसाथ वाकाथन सुरु गरिएको थियो ।
नेपालपत्र संवाददाता