शनिबार, आश्विन १७ गते २०८३

नेपाल राष्ट्र बैंकले आज २५ अर्बको तरलता खिच्दै

फाल्गुण २५, २०८१ आइतबार
नेपाल राष्ट्र बैंकले आज २५ अर्बको तरलता खिच्दै


नेपाल राष्ट्र बैंकले आज २५ अर्बको निक्षेप बोलकबोलका लागि आव्हान गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएका बेला नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्ने गरिन्छ। बाेलकबाेलमा नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त क, ख र घ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् । 

बैंक तथा वित्तीय संस्थाहरूले जम्मा गरेको निक्षेप रकमको सावाँ तथा ब्याज २१ दिनपछि एकमुष्ठ चैत्र १७ गते भुक्तानी गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।