एनआईसी एशिया बैंक लिमिटेडले २७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०र८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी पारित गरेको छ ।
यसैगरी, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ। साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु। १०० का दरले रु। ५ अर्ब बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
नेपालपत्र संवाददाता