आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रिय सभाको बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने


फाल्गुण २२, २०८१ बिहीबार
राष्ट्रिय सभाको बैठक  बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत  गरिने

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।  संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमि सम्बन्धी बाहेक पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । 

जसमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश– २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश- २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ रहेका छन् ।

माघ १८ गते सरकारले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सहित ६ वटा अध्यादेश पेस गरेको थियो ।