शनिबार, आश्विन १७ गते २०८३

ब्याजदरमा बढाउने प्रतिस्पर्धा चर्किएपछि राष्ट्रबैंकद्वारा हस्तक्षेप, दियो यस्तो निर्देशन

कार्तिक ३, २०७८ बुधबार
ब्याजदरमा बढाउने प्रतिस्पर्धा चर्किएपछि राष्ट्रबैंकद्वारा हस्तक्षेप, दियो यस्तो निर्देशन

 

तरलता अभाव देखाउँदै ब्याजदर बढाउने प्रतिस्पर्धामा वाणिज्य बैंकहरु उत्रिएपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको छ । ब्याजदरमा प्रतिस्पर्धाले बजार अनियन्त्रित हुन थालेपछि यस्ताे कडा कदम राष्ट्र बैंकले चालेको हो । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै अघिल्लो महिनाको प्रकाशित व्याजदरको १० प्रतिशतले मात्रै बढाउन पाइने व्यवस्था गरिएको जानकारी गराएको छ । राष्ट्र बैंकले गरेको यस्तो व्यवस्था कात्तिक महिनादेखि नै लागू हुने परिपत्रमा उल्लेख छ । 

यस्तै, संस्थागत मुद्दती निक्षेप (बोलकबोल समेत)मा प्रदान गरिने अधिकतम व्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम व्याजदरभन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

हिमालयन बैंकले कात्तिक महिनाको लागि प्रकाशित गरेको व्याजदरमा सर्वसाधारणलाई साढे १० प्रतिशत र संस्थागत निक्षेपकर्तालाई ९बोलकबोलमा० ११।६७ प्रतिशतका दरले व्याज दिने सुचना प्रकाशित गरेकोे थियो ।

कात्तिक महिनाको लागि बैंकहरुले प्रकाशित गरेको व्याजदर असोज महिनाको भन्दा ३० प्रतिशतसम्मले बढाएपछि राष्ट्र बैंक हस्तक्षेपमा उत्रिएको हो । बैंकहरुले कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमा ब्यजदर प्रकाशित गर्नु पर्ने र यसरी संसोधन गरिएको नयाँ व्याजदर कात्तिक ५ गतेभित्रमा दैनिक पत्रिकामा समेत प्रकाशित गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

nrb 10 percent.jpg