आइतबार, आश्विन १८ गते २०८३

प्रभु बैंकको शाखा दार्चुलाको खलंगामा, सतहत्तरै जिल्लामा पुग्यो सञ्जाल


फाल्गुण १९, २०८१ सोमबार
प्रभु बैंकको शाखा दार्चुलाको खलंगामा, सतहत्तरै जिल्लामा पुग्यो सञ्जाल

 

प्रभु बैंक लिमिटेडले दार्चुलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। आइतबारदेखि सञ्चालनमा आएको यो ३१२औं शाखासहित बैंकको सञ्जाल ७७ वटै जिल्लामा पुगेको छ। दार्चुलाको महाकाली नगरपालिका–४ स्थित खलंगामा बैंकले दार्चुला शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज बैंकिङ सेवा विस्तार गरिरहेको छ । बैंकको यो अभियानले देशैभरि बैंकिङ पहुँचमा वृद्धिमात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेको बैंकको भनाइ छ।

उक्त दार्चुला शाखा कार्यालय सञ्चालनमा आएपछि स्थानीयवासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण टेवा पुग्ने बैंकको विश्वास छ ।