नेपाल राष्ट्र बैंकले आज वित्तीय बजारबाट २५ अर्ब निक्षेप उठाउने भएको छ । २१ दिने निक्षेप उकपरणमार्फत् पच्चीस अर्ब रूपैया निक्षेप रकम राख्न बोलकबोल गर्न आउन राष्ट्र बैंकले सूचना जारी गरेको हो ।
उक्त निक्षेप रकमको साँवा तथा ब्याज भुक्तानी चैत्र ३० गते हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।
नेपालपत्र संवाददाता