शनिबार, आश्विन १७ गते २०८३

युएईबाट पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५ सयसम्म बोनस पाइने


फाल्गुण १५, २०८१ बिहीबार
युएईबाट पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५ सयसम्म बोनस पाइने

 

डिजिटल वालेट आइएमई पे ले  युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा रु. ५०० सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ।

‘बोटिम्’ एपमार्फत् युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपालीमा थप उत्साह थप्न मदत गर्ने विश्वास कम्पनीले राखेको छ।

यहि फाल्गुन १५ देखि चैत्र १५ सम्म लागु हुने  अफर अन्तर्गत  नेपाली रु. १०,००० वा त्यो भन्दा बढि प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।