बुधबार, भाद्र ३ गते २०८३

गरिमा विकास बैंकलाई कर्पोरेट एक्सिलेन्स अवार्ड


फाल्गुण १५, २०८१ बिहीबार
गरिमा विकास बैंकलाई कर्पोरेट एक्सिलेन्स अवार्ड

 

गरिमा विकास बैंक ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा गरिमा विकास बैंकलाई सो अवार्डबाट सम्मानित गरिएको हो ।

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा ललितपुरमा आयोजना भएको उक्त अवार्डले शोको जुरी प्यानलमा प्राडा फत्त बहादुर केसी, बैंकर सशिन जोशी, नेपाल राष्ट्र बैंककी पूर्व डाईरेक्टर सरिता अधिकारी, तथा पत्रकार दिलभुषण पाठक रहेका थिए। 

प्राप्त उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पु¥याएको छ भने आगामी दिनहरुमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायित्व बोध गराएको बैंकले जनाएको छ । 

हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।